काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री समेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ ।
यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
उनले भने,पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो । ,
कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेकाे छ ।
FACEBOOK COMMENTS