काठमाडौं । जम्बुलिङ फिल्म्स प्रालिको आयोजनामा ‘जम्बुलिङ इन्टरनेशनल अवार्ड २०२४’ शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
जम्बुलिङ इन्टरनेशनल अवार्डको तेस्रो संस्करणको ग्राण्ड फिनाले बीजी ब्यांकवेट गोंगबु काठमाडौमा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री तथा संविधानसभा सदस्य पशुराम तामाङको प्रमुख आतिथ्यता र अवार्डका अध्यक्ष जम्बुलिङ फिल्म्सका प्रमुख सञ्चालक राज किङ वाइबाको अध्यक्षतामा सम्पन्न भएको हो ।
अवार्ड योभन्दा अगाडिका संस्करणहरूजस्तै यस पटकको संस्करण पनि थाइल्यान्डमा उद्घाटन गरिएको थियोे र शनिबार काठमाडौंमा फिनाले सम्पन्न गरिएको हो । अवार्ड विभिन्न ३१ विधालाई प्रदान गरिएको छ । ‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन हाम्रो अभियान’ को नारालाई अघि बढाउँदै कम्पनीले अवार्ड आयोजना गरेको बताइएको छ ।
अवार्डको निर्णायक सदस्यहरूमा वरिष्ठ कलाकर्मी पवन वाङ लामा, मित्र डी गुरूङ र रमला पाख्रिन थिए । कार्यक्रम उद्घोषण भने कलाकर्मी, खेलकुदकर्मी साथै सञ्चारकर्मी करण तामाङले गरेका थिए ।
सर्वोत्कृष्ट नेपाली गीत कम्पोजरमा ‘तिमीसँग’ गीतबाट टीका बोम्जन, सर्वोत्कृष्ट नेपाली म्युजिक भिडिओ निर्देशकमा ‘सुस्तरी सुस्तरी’ गीतबाट निकेश खड्का, सर्वोत्कृष्ट नेपाली गीत गायकमा ‘लजालु मायालु’ गीतबाट उर्गेन दोङ, सर्वोत्कृष्ट छायांकनमा ‘सकम्बरी’ गीतबाट नवराज उप्रेती, मोडर्न तथा पप गीत सर्वोत्कृष्ट गायकमा ‘मेरो धड्कन’ गीतबाट डाउट राई, नेपाली चलचित्र सर्वोत्कृष्ट निर्देशकमा ‘दुई नम्बरी’ चलचित्रबाट दीपेन्द्र लामा अवार्ड पाउन सफल भए ।
यस्तै नेपाली गीत सर्वोत्कृष्ट गायिकामा ‘घुमीघुमी’ गीतबाट मिङ्स लामा, नेपाली गीत सर्वोत्कृष्ट मोडलमा विजय दोङ, तामाङ सेलो गीतमा सर्वोत्कृष्ट पुरूष मोडलमा टीकाराज तामाङ, तामाङ चलचित्र सर्वोत्कृष्ट अभिनेत्रीमा रञ्जिता ब्लोन, तामाङ सेलो सर्वोत्कृष्ट गायिकामा सुमिना लो, तामाङ सेलो सर्वोत्कृष्ट गायकमा जीभन बोम्जन, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट गायकमा यूबी मोङग्रेसा, तामाङ सेलो गीत भिडिओ सर्वोत्कृष्ट निर्देशकमा देभ दोर्जे लामा, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट नव गायिकामा ममता तामाङ, तामाङ म्हेन्दोमाया गीत सर्वोत्कृष्ट महिला मोडलमा सुनिता वाइबा, पुरूषतर्फको सर्वोत्कृष्ट मोडलमा रमेश तामाङ, म्हेन्दोमाया गीत सर्वोत्कृष्ट नवगायकमा सूर्य तामाङ पनि अवार्ड हात पार्न सफल भएका हुन् ।
नेपाली चलचित्र सर्वोत्कृष्ट निर्माणमा किरण नेपाली, नेपाली गीत सर्वोत्कृष्ट मिक्सिङका रूपमा डिका गुरूङ, नेपाली गीत सर्वोत्कृष्ट सम्पादनमा जितु तामाङ, गायक नेपफपमा उत्तर लामा, तामाङ चलचित्र सर्वोत्कृष्ट सम्पादनमा विजय दोङ, तामाङ चलचित्र सर्वोत्कृष्ट एक्टरमा कुइसाङ रूम्बा, तामाङ चलचित्र सर्वोत्कृष्ट कलाकारमा प्रबल थिङ, नेपाली गीत सर्वोत्कृष्ट महिला मोडलमा प्रतिज्ञा लामा (धनमाया लामा), मोडर्न तथा पप गीतको सर्वोत्कृष्ट डेब्युट मोडलमा अस्कित कार्की, तामाङ सेलो सर्वोत्कृष्ट कम्पोजरमा छेडुप लामा, म्हेन्दोमाया गीतबाट जुरी अवार्ड किर्ती गोम्जा, इनकरेजमेन्ट अवार्ड माया थोकर तामाङ र पब्लिक चोइस अवार्ड सूर्य मम्बा तामाङले विजय हासिल गरेका छन् ।
जम्बुलिङ व्यक्तित्व सम्मान २०८१ बाट वरिष्ठ कलाकर्मी तथा समाजसेवी नानीकाजी डंगोल, तामाङ कला संस्कृतिकर्मी छिमी मम्बा तामाङ, कराँते खेलाडी सुस्मिता तामाङ , चलचित्रकर्मी नायक धीरेन शाक्य र समाजसेवी तथा कलाकर्मी जी पुनलाई सम्मान गरिएको थियोे । जम्बुलिङ फिल्स प्रालिले नेपाली कला, सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानप्रति कार्यक्रम सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि पूर्वमन्त्री तामाङले खुलेर प्रशंसा गरेका थिए ।
FACEBOOK COMMENTS