काठमाडौं । दक्षिण कोरिया जानको लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपामा २ जना युवा मारिएको विरोधमा अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
आज शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको झडपमा सुजन राउत र विरेन्द्र शाहको मृत्यु भएको थियो । त्यो घटनामा सरकार र प्रहरी प्रशासन जिम्मेवार रहेको आरोप लगाउँदै अनेरास्ववियुले प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा सरकारका मन्त्री सवार गाडिमा आगजनी भएको निहुँमा बेरोजगारीको पीडाले छट्पटिएर सडकमा आएका युवाहरु माथि प्रहरीले दमन गर्दा उनीहरु मारिएको अनेरास्ववियुको आरोप छ ।
अनेरास्ववियुले आम बेरोजगार युवाहरुको पीडाको रुपमा बुझी आन्दोलनका मागहरु पूरा गर्न, पक्राउ परेका युवाहरुको विना सर्त तत्काल रिहा गर्न, मृत्यु भएका युवाको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र घाइतेहरुको उपचारको व्यवस्था गर्न माग गरेको छ ।
FACEBOOK COMMENTS