काठमाडौँ । बेलायतका राजा चाल्र्स तृतीयका भाइ एन्ड्र्यु माउन्टबेटन– विन्डसरलाई सार्वजनिक पदको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको छ ।
बिहीबार बिहान इङ्ग्ल्यान्डको नोरफोकस्थित स्यान्ड्रिङ्घम एस्टेटबाट एन्ड्र्युलाई पक्राउ गरिएको बिबिसीले उल्लेख गरेको छ ।
पूर्व राजकुमारले दोषी यौन अपराधी जेफ्री एपस्टाइनसँग गोप्य सूचना आदानप्रदान गरेको भनाइसम्बन्धी उजुरीमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
एन्ड्र्युले आफूले कुनै पनि गैरकानुनी काम नगरेको दाबी गर्दै आएका छन्। उनले यसअघि नै ‘प्रिन्स’ उपाधि गुमाइसकेका छन् भने विन्डसरस्थित आफ्नो निवास रोयल लज पनि छाड्नुपरेको छ ।
पूर्व राजकुमार एन्ड्र्यु यसअघि पनि जेफ्री एपस्टाइनसँगको सम्बन्धलाई लिएर विवादमा परेका थिए । यद्यपि उनले सधैं कुनै पनि प्रकारको गलत कार्यमा संलग्नता अस्वीकार गर्दै आएका छन्।

FACEBOOK COMMENTS