काठमाडौं । अमेरिकी यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित भर्खरै जारी गरिएका फाइलहरूमा पूर्व बेलायती राजदूत पिटर म्यान्डेलसनको तस्बिर देखिएपछि बेलायतको राजनीतिमा हलचल मच्चिएको छ ।
सार्बजनिक तस्बिरमा, म्यान्डेलसन केवल अन्डरवियर र शर्टमा एक महिलासँग देखिएका छन् । तस्बिर जारी भएपछि, म्यान्डेलसनले प्रधानमन्त्री केयर स्टारमरको लेबर पार्टीबाट राजीनामा दिएका छन् ।
म्यान्डेलसनले पार्टीलाई थप अप्ठ्यारोमा पार्न नचाहेकोले आफू पार्टीबाट राजीनामा दिएको बताए । नयाँ कागजातहरूले २००३ र २००४ मा एपस्टाइनले म्यान्डेलसनसँग जोडिएका खाताहरूमा जम्मा ७५ हजार डलर बराबरको तीन अलग –अलग भुक्तानी गरेको उल्लेख छ ।
एपस्टाइनसँगको उनको विगतको सम्बन्ध प्रकाशमा आएपछि उनलाई गत सेप्टेम्बरमा उनको पदबाट हटाइएको थियो । म्यान्डेलसनको बारेमा टिप्पणी गर्दै, स्टारमरले उनलाई गत वर्ष राजदूतको पदबाट हटाइएको बताएका थिए ।
जनवरी ३० मा, अमेरिकी न्याय विभागले जेफ्री एपस्टाइन अनुसन्धानसँग सम्बन्धित लगभग ३० लाख पृष्ठका कागजातहरू, २ हजार भिडियो र एक लाख ८० हजार तस्बिर सार्बजनिक गरेको थियो ।

जारी गरिएका कागजातहरूले एउटा इमेलमा म्यान्डेलसनले २००९ मा एपस्टाइनलाई बैंकरहरूको बोनस कर लगाउन ब्रिटिश सरकारलाई दबाब दिएको उल्लेख छ ।

डिसेम्बर २००९ को इमेलमा, एपस्टाइनले म्यान्डेलसनलाई बैंकरहरूको बोनस नगद भागमा मात्र कर लगाउन सकिन्छ भनेर सोधेको उल्लेख छ । जवाफमा, म्यान्डेलसनले आफुले यसमा जोड दिइरहेका थिए, तर ट्रेजरीले यसको विरोध गरिरहेको उल्लेख गरेका छन् ।

यो त्यस्तो समयमा भएको थियो जब म्यान्डेलसन व्यापार सचिव थिए र अर्थमन्त्री एलिस्टेयर डार्लिंगले वित्तीय संकट पछि ठूला बैंक बोनसमा ुसुपर करु लगाएका थिए । विश्वव्यापी वित्तीय संकट पछि, डार्लिङले डिसेम्बर ९, २००९ मा बैंकहरूबाट प्राप्त हुने ठूला बोनसहरूमा ५० प्रतिशत सुपर करको घोषणा गरेका थिए ।

यो कर बैंकहरू आफैंले तिर्नुपर्ने थियो । म्यानडेल्सनको राजीनामा पछि, लेबर पार्टीका प्रवक्ताले पार्टीले सबै गुनासोहरूलाई गम्भीरताका साथ लिएको र नियम अनुसार अनुसन्धान गर्ने बताएका छन् ।

विपक्षी दलले संयुक्त राज्य अमेरिकामा राजदूतको रूपमा म्यान्डेलसनको नियुक्तिको स्वतन्त्र अनुसन्धानको पनि माग गरेको छ ।म्यान्डेलसनका (समलिङ्गी) ब्राजिलियन पति, रेनाल्डो एभिला दा सिल्भा ९दुई जनाले २०२३ मा विवाह गरेका थिए०, पनि यी फाइलहरूमा देखिएका छन् ।
मन्डेलसन र एपस्टाइनको मित्रता २००२ मा सुरु भयो र २०११ सम्म रहेको देखिएको छ । यस अवधिमा, मन्डेलसनले टोनी ब्लेयर र गोर्डन ब्राउनको सरकारमा क्याबिनेट मन्त्रीको रूपमा काम गरेका थिए ।
मन्डेलसनले विज्ञप्ति जारी गर्दै एपस्टाइनलाई विश्वास गर्नु र उनको दोषी ठहरिएपछि पनि उनीसँगको मित्रता जारी राख्नु गलत भएको बताएका छन् ।
उनले पीडित महिला र केटीहरूसँग निर्दोष रूपमा माफी मागेका छन् ।
उनले एपस्टाइनको अपराधमा आफू कहिल्यै संलग्न नभएको वा दोषी नभएको र उनको मृत्यु पछि वास्तविक सत्य प्रकट भएको बताएका छन् ।
FACEBOOK COMMENTS