काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकका रूपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ ।
विगत एक वर्षदेखि ईसेवाको ब्राण्ड प्रवर्द्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो । गत आइतबार ललितपुरको पुलचोकमा अवस्थित ईसेवाको प्रधान कार्यलयमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्का र रोहितकुमार पौडेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
ब्राण्ड प्रवर्द्धकको यात्रालाई निरन्तरता दिन पाउँदा कप्तान पौडेलले खुसी व्यक्त गर्दै यो साझेदारीले एउटा नयाँ आयाम दिनेमा विश्वस्त रहेको बताए ।
ईसेवाका सीईओ जगदीश खड्काले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका रोहितकुमार पौडेलजस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्राण्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताए ।
FACEBOOK COMMENTS