काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले यसपालिको दसैं-तिहार र छठ पर्व लक्षित गरेर ‘ईसेवा महा-उत्सव : ईसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ ।
यस अफरअन्तर्गत असोज १ देखि कात्तिक ३० गतेसम्म ईसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन् । कार जित्न योग्य हुनका लागि आफ्नो आवश्यकताअनुरूप ईसेवाका जुनसुकै सेवाको प्रयोग वा ईसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ ।
यसका साथै १०० रूपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन् । मात्र १०० रूपैयाँमा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रूपमा फिर्ता नै पाउनेछन् ।
त्यसैगरी दैनिक र साप्ताहिक रूपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफरअन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयका लागि फ्ल्यास सेलको रूपमा अफर आउने छ । उक्त सेलमा प्रयोगकर्ताहरूले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन् ।
साप्ताहिक रूपमा आउने अफरमा भने हरेक हप्ताको मंगलबार ईसेवाका विभिन्न सेवाहरू मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, स्पिकर खरिद, बीमा भुक्तानीलगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ ।
यी अफरहरूबारे थप जानकारीहरू ईसेवाको फेसबुक, इन्स्टाग्राम पेजलगायतका आधिकारिक सामाजिक सञ्जालह मार्फत प्राप्त गर्न सकिनेछ ।
ईसेवा लिमिटेड सन् २००९ बाट सेवा दिइरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । हाल नेपालका ७७ वटै जिल्लामा पहुँच भएको ईसेवा लि. शहरी केन्द्रमा मात्र सीमित नभएर उपत्यकाबाहिर पनि ८ वटा शाखा कार्यालयहरू र ३ वटा सम्पर्क कार्यालयहरू नेपालभरका प्रमुख शहरहरूमा अवस्थित रहेका छन् ।
यस कम्पनीसँग १ करोडभन्दा बढि दर्ता भएका ग्राहकहरू, २५०,००० भन्दा बढी एजेन्ट्स (ईसेवा जोन/पोइन्ट), ४९ बैंकहरू, ४५ लघुवित्तहरू, २२०० भन्दा बढी ईसेवा क्यास पोइन्ट्स तथा ३५०,००० भन्दा बढी मर्चेन्टहरू आबद्ध रहेका छन् ।
FACEBOOK COMMENTS