काठमाडौं, ५ भदौ । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय खुलेको छ ।
नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना र विभागका सचिव एवं बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्त रूपमा सम्पर्क कार्यालयको उद्घाटन गरे । प्रस्तावित बैकले मध्य बानेश्वरमा रहेको सम्पर्क कार्यालयलाई ६ महिनापछि करोबार सञ्चालन गर्नेगरी कार्यालय खोल्ने भएको छ ।
प्रस्तावित बैकका पदाधिकारीले यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंकले सबै सहकारी क्षेत्रलाई समेट्न नसकेका आरोप लगाउँदै सबैको साझा सहकारी बैंकको रूपमा नेपाल सहकारी बैंक सञ्चालन गर्न लागिएको जनाइएको छ । नेपाली कांग्रेसका नेता ढुंगानाले अबको ६ महिनाभित्र बैक सञ्चालनमा आउने बताए ।
पूँजी र अर्थतन्त्रलाई चलायमान बनाउन सहकारी बैकको अपरिहार्य रहेको उनको भनाइ छ । ‘जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ प्रगति हुन्छ, सोही आधारमा नेपाल सहकारी बैक दर्ता प्रकृया अघि बढेको हो,’ उनले भने, ‘एउटामात्र बैंकले करिब ३४ हजार सहकारीलाई समेट्न नसकेपछि नेपाल सहकारी बैक स्थापना गर्न लागिएको हो । यसमा हामी खुशी छौं । म र मेरो पार्टीको तर्फबाट सक्दो सहयोग रहने छ ।’
उहाले प्रधनमन्त्री शेरबहादुर देउवाको समेत प्रस्ताबित सहकारी बैक स्थापना गर्ने चाहना रहेको बताए । प्रस्ताबित बैकका अध्यक्ष भण्डारीले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट सीमित बैंकिङ कारोबार गर्न पाउने गरी लाइसेन्स पाउनासाथै नेपाल सहकारी बैंक सञ्चालनमा आउने दाबी गरे । ‘लाइसन पाउनासाथ कारोबार शुरू गरिहाल्नेछौ,’ उनले भने ।
साढे दुई अर्ब रुपियाँ चुक्ता पूँजी प्रस्ताव गरिएको नेपाल सहकारी बैंक सञ्चालनमा आएपछि यसलाई देशव्यापीरूपमा विस्तार गरिने उनको भनाई थियो । यसअघि बैकले गएकोमाघ १७ गते प्रारम्भिक भेला आयोगना गरी बैक स्थापनाको प्रकया शुरू गरेको थियो ।
सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरूप स्थापना भएको बैंक संचालनमा छ । ऐनको धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिइ सहकारी बैंकहरू गठन गर्न सकिने कुरा उल्लेख छ । सोहीऐन अनुसार बैक स्थापान प्रकृया अघि बढाइएको हो ।
त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ संस्था वा संघ हुनुपर्ने व्यवस्था छ ।
सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । सहकारी ऐनले सहकारी बैंकको सेयर पूँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने प्रावधान राखिएको छ । प्रस्ताबित बैकले सबै प्रकृया पूरा गरी अन्तिम प्रकृया पूरा गर्न राष्ट्र बैकमा काजगपत्र पेश गरिसकेको छ ।
FACEBOOK COMMENTS