काठमाडौँ । इथियोपियामा हेले गुब्बी ज्वालामुखी विस्फोटनले भारतीय उड्डयन क्षेत्रलाई असर गरेको छ । एयर इन्डियाले ११ अन्तर्राष्ट्रिय र घरेलु उडानहरू रद्द गरेको छ ।
एयरलाइन्सले हेले गुब्बी ज्वालामुखी विस्फोट पछि केही क्षेत्रहरूमा उडान भरेका विमानहरूलाई सावधानीपूर्वक निगरानी गरिरहेको र एयर इन्डिया उडानहरू रद्द गरिएको जानकारी दिएको छ ।
एयर इन्डियाले यात्रुहरूलाई भएको असुविधाको लागि माफी मागेको छ र यात्रु र चालक दलको सुरक्षा यसको सर्वोच्च प्राथमिकता भएको बताएको छ ।
एयर इन्डियाले दिल्लीबाट न्युयोर्क जाने, दुबई जाने, दोहा जाने दम्माम जाने उडान रद्ध भएका छन् भने दिल्लीबाट चेन्नई, मुम्बई, कोलकोता जाने उडान रद्ध भएको जानकारी दिएको छ ।
FACEBOOK COMMENTS