काठमाडौं। यरोपको अनुभुती दिने ‘लीला गार्डेन’ ब्याङ्क्वेट काठमाडौंको कालोपुल नजिकै सञ्चालनमा आएको छ। बिहेको सिजन मानिने मंसिरको मध्य तिर ८ रोपनी क्षेत्रफलमा बनेको लेला गार्डेन सञ्चालनमा आएको हो।
ब्याङ्क्वेटका म्यानेजर आदर्श अर्यालले ब्याङ्क्वेट खुलेको दुई दिन भएको बताए। ब्याङ्क्वेटको डिजाइन र एम्बिसन देखेर ग्राहकहरुको इन्कवाइरी र बुकिङ धेरै गरिरहेको उनको भनाइ छ।
‘लीला गार्डेन’ मा ठुलो कम्पाउन भित्र आकर्षक ग्राडेन, इन्डोर हल, कभर स्टेज, आधुनिक लाइटिङ, साउन्ड सिस्टम र फोटोग्राफरको लागि विशेष ठाँउ बनाइएको छ। ‘लीला गार्डेन’ कालोपुलबाट भत्केको पुल जाने धोबी खोला कोरिडोरमा रहेको छ। यहाँ २०० वटा सवारीसाधन पार्किङ गर्न सकिन्छ।
लीलाका म्यानेजर आदर्श अर्याल भन्छन्, ‘हाम्रो ब्याङ्क्वेटको कन्सेप्ट र डिजाइन युरोपियन थिममा बनेको हो। लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवम् विविध भेराइटीका खानाका कारण हाम्रो ब्याङ्क्वेटको सर्भिस पाँचतारे होटलभन्दा कम छैन।’
ब्याङक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ। तर लीलाले गोष्ठी, सेमिनार, जन्मोत्सव, कर्पोरेट मिटिङ, फेसन शो र वार्षिक उत्सव जस्ता विभिन्न इभेन्ट तथा तालिमका लागि हुने डिजाइनमा ब्याङ्क्वेट निर्माण गरेको अर्यालले बताए।
ब्याङ्क्वेट १५ सय भन्दा धेरै जना अटाउने क्षमताको तयार गरिएको छ। ग्राहकको बजेटअनुसार सिल्भर तथा गोल्ड गरेर दुईखालको खानाको मेनु तय गरिएको छ। आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिने उनले बताए।

FACEBOOK COMMENTS