काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिबार(साउन २३ गते) वरिष्ठ यूरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् ।प्रोस्टेट ठूलो भएका, मृगौला, मूत्रथैली तथा मुत्रनलीमा पत्थरीको समस्या भएका, तथा मुत्ररोग सम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले नि:शुल्क ओपिडी अभियानमा सहभागी भएर लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।
नर्भिकले गत सातादेखि प्रत्येक शनिवबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई नि:शुल्क ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । आउने शनिबार डा.द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।
निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।प्रत्येक शनिबारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइने अस्पतालले जनाएकाे छ ।
यसअघिको शनिबार वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु पाण्डेले निःशुल्क ओपिडी सेवा दिएका थिए ।नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिबार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।
FACEBOOK COMMENTS