काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च ईभी १ साताको अवधिमा १००ं युनिट बिक्री भएको छ ।
उक्त गाडी काठमाडौँमा डेलिभरी गरिसकेको कम्पनीले जनाएको छ ।
पन्च ईभीको नाडाको पहिलो दिनमै १००ं बुकिङ लिएर बिक्री सुरु भएको थियो । पन्च ईभीको बुकिङ उत्साहजनक रहेको र अब कम्पनीको जिम्मेवारी जति सक्दो छिटो, बुकिङ गर्नु भएको ग्राहकलाई गाडी डेलिभरी गर्ने रहेको सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । साथै पन्च ईभीको रिजनल लन्च बिर्तामोडबाट सुरु भइसकेको छ ।
टाटा पन्च इभीको शुरुवाति मूल्य रु। ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च इभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो–एप्पल कार प्लेको आनन्द लिन सक्ने छन् ।
पन्च इभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ ।
FACEBOOK COMMENTS