काठमाडाैं । नामी ईभी मोडलहरूको लागि डाउनपेमेन्ट मूल्य ५ लाख ९९ हजार रुपैयाँ तय गरिएको छ।
यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अपफ्रन्ट बिना पूर्ण रूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउने छ जसले गर्दा अब यो ईभी ठूलो सङ्ख्याका ग्राहकहरूले सजिलै किन्न सक्नेगरि उपलब्ध हुनेछ।
यो पेमेन्ट स्कीमअन्तर्गत ग्राहकहरूले अब मात्र २०% डाउनपेमेन्टमा डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन्।
नामी ईभी मोडेलहरूको डाउनपेमेन्ट मूल्य ५ दशमलव ९९ लाख रुपैयाँ तोकिएको छ। यसले ग्राहकहरूलाई ठूलो रकम अग्रिम तिर्नुपर्ने बाध्यता बिना प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउनेछ।
नामीले खरिद प्रक्रियालाई सरल र सहज बनाउन ८०प्रतिशत सम्म फाइनान्सिङ सुविधा प्रदान गरेको छ। यसबाट ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरू मार्फत गाडीको लागतको ठूलो हिस्सा फाइनान्स गर्न सक्नेछन्, जसले उनीहरूलाई समयसँगै पेमेन्ट बाँडफाँड गर्न सहयोग पुर्याउँछ। साथै, ४८ घण्टाभित्रै लोन अप्रुभल हुने व्यवस्थाले खरिद अनुभवलाई झनै आनन्ददायी र छिटो बनाएको छ।
यस फाइनान्सिङ अवसरको थप जानकारी लिन इच्छुक ग्राहकहरूले नजिकैको नामी शोरूममा सम्पर्क गर्न वा भिजिट गर्न सक्नेछन्।
FACEBOOK COMMENTS