चितवन। हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले चितवनको भरतपुरमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ ।
कम्पनीले भरतपुरस्थित आफ्नो आधिकारिक डिलर ‘अप्नो कलेज ट्रेडिङ प्रालि’ मा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा उक्त विद्युतीय गाडी सार्वजनिक गरिएको हो ।
कार्यक्रम, कम्पनीले कार्यक्रम स्थलमै ५ जना ग्राहकलाई नयाँ क्रेटा ईभी सिधै हस्तान्तरण गरेकाे छ । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै गाडीबारे विस्तृत जानकारी दिएका थिए ।
कम्पनीका अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय गाडीबारे रहेको भ्रम र शंका हटाउन महत्वपूर्ण भूमिका खेलेको छ। धेरै उपभोक्ताहरूमा ईभी खरिद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टबारे शंका हुने गरेको पाइन्छ । तर हुन्डाईले नेपालमै पेट्रोल मोडेल (आईसीई) को सफल सञ्चालन गरिसकेकोले ईभी र आईसीई दुबैमा एउटै प्लेटफर्म प्रयोग गरिएको र त्यसैले कुनै समस्या नआउने कम्पनीको दाबी छ ।
लक्ष्मी हुन्डाईले विद्युतीय सवारी प्रणालीलाई अझ मजबुत बनाउन चार्जिङ नेटवर्क विस्तार गर्दै आएको जनाएको छ । हालसम्म देशभर ६६ वटा डीसी र एसी चार्जिङ स्टेसन सञ्चालनमा आइसकेका छन् ।
FACEBOOK COMMENTS