काठमाडौं । एथर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रा. लि. ले एथर रिन्टा को नेपालमा औपचारिक सार्वजनिक घोषणा गर्न लागेको छ। नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी नाइमा एक्सपोमा आगामी साउन २१ गते एयर रिज्टा पहिलो पटक सार्वजनिक गर्ने भएको छ ।
एथर रिन्टा ले भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको छ उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षालाई एकै साथ समेटेर नेपाली परिवारका लागि विशेष रूपले डिजाइन गरिएको रिज्टा केवल स्कुटर होइन, आधुनिक जीवनशैलीको एक अङ्ग हो ।
यस अवसरमा वैद्य इनर्जी प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत सूर्याश वैद्य भन्छन्ः “रिन्टा केवल स्कुटर होइन, यो स्मार्ट मोबिलिटी समाधान हो जुन हाम्रो धेरैजसो जनसंख्याका लागि उपयुक्त छ। ४५० सिरिजको सम्पूर्ण प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै ल्याइएको रिटा मार्फत हामी नेपालमा दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न चाहन्छौं।”
एथर रिन्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ, जसमा शक्तिशाली मोटर, लामो दायरा दिने व्याट्री, स्मार्ट कनेक्टिभिटी र थप स्टोरेज जस्ता विशेषताहरू हुनेछन् एयरको प्रमाणित प्लेटफर्ममा आधारित ।
शोमा आगन्तुकहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन जानकारी लिन र बुकिङको अवसर समेत पाउनेछन्। एथर रिज्टाको आगमनले नेपाली बजारमा एयरको उपस्थिति अझ सशक्त बनाउनेछ र नेपाली परिवारलाई इलेक्ट्रिकमा स्विच गर्न प्रेरित गर्नेछ न केवल वातावरणको लागि, तर भविष्यको लागि पनि हो ।
FACEBOOK COMMENTS