काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्म नेपालमा २० अर्ब ३२ करोड ५९ लाख ८८ हजार रुपैयाँको विद्युतीय सवारी साधन (ईभी) भित्रिएको छ ।
भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म उक्त रकमको ८ हजार ६०७ वटा ईभी भित्रिएका हुन् । वैशाखसम्म ५० किलोवाटको अनएसेम्बल ईभी गाडी २ वटा आयात भएको विभागले जनाएको छ ।
यस्तै ५० किलोवाटका २८ सय ४८ वटा, ५१ देखि १०० किलोवाटका ५ हजार २५ वटा, १०१ देखि २०० किलोवाटसम्मको ७२३ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको ९ वटा ईभी गाडी आएका छन् ।
५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । यसैगरी, तीन पाङ्ग्रे ईभी पनि उच्च दरमा भित्री रहेको पाइन्छ ।
वैशाखसम्ममा मात्रै ८९ करोड ४५ लाख ३० हजार रुपैयाँको ७ हजार ७८५ वटा तीन पाङ्ग्रे ईभी भित्रिएको तथ्याङ्कमा उल्लेख छ । अनएसेम्बल ९३ करोड ६६ लाख १४ हजार रुपैयाँको तीन पाङ्ग्रे ९ हजार ११ वटा भित्रिएका छन् ।

वैशाख मसान्तसम्म ईभी आयात गरेर सरकारले १२ अर्ब ४३ करोड ३७ लाख ३६ हजार रुपैयाँ राजश्व पाएको छ । .
