काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन् ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विद्युतीय सवारीसाधन आयात भएका हुन् ।
विभागका अनुसार ५ अर्ब ६५ करोडबराबरका ५० किलोवाट क्षमताका ३ हजार ६८० विद्युतीय सवारी साधान आयात भएका छन् ।
१६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार बराबरका ५१ किलोवाटदेखि १०० किलोवाटका छ हजार ३५७ वटा विद्युतीय सवारी साधन आयात भएको विभागले जनाएको छ ।