एजेन्सी । चीनले विद्युत् सवारीसाधन (इभी) मा प्रयोग हुने ब्याट्रीको सुरक्षासम्बन्धी नयाँ अनिवार्य राष्ट्रिय मापदण्ड सन् २०२६ जुलाई १ देखि लागू गर्ने भएको छ ।
उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यो मापदण्डको शीर्षक ‘जीबी३८०३१–२०२५’ राखिएको छ ।
संशोधित मापदण्डमा केही महत्वपूर्ण सुधारहरू गरिएको छन् । यसमा ब्याट्रीको ताप सम्बन्धी परीक्षणमा परिमार्जन गरिएको छ, जसअन्तर्गत आवश्यक तापक्रम, परीक्षण अवलोकनको समय तथा सवारी परीक्षणको अवस्था अझ स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
त्यस्तै, ब्याट्रीमा पटक–पटक तीव्र चार्ज गरेपछि त्यसको सुरक्षा अवस्था जाँच गर्न नयाँ परीक्षण पनि थपिएको छ । अब ३०० पटकसम्म तीव्र चार्ज गरेपछि बाहिरी छोटो सर्किट परीक्षण गरिनेछ ।
संशोधित मापदण्डले यो नियम सवारीसाधन चलाउन प्रयोग हुने शक्ति ब्याट्रीहरूमा मात्र लागू हुने उल्लेख गरेको छ । यो कदमले विद्युत् सवारीको सुरक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS