काठमाडाैँ । सिजी मोटर्सले अर्को नयाँ ईभी ब्रान्ड ‘जेटुर’ नेपाल ल्याउने भएको छ । जेटुर नेपाल ल्याउन सिजी मोटर्सका प्रमुख कार्यकारी निर्देशक हेमन्त अग्रवाल र जेटुर इन्टरनेश्नलका भाइस प्रेसिडेन्ट केभिन छुबिच एक सम्झौता भएको हो ।
चेरी ग्रुप अन्तर्गतको जेटुरले चीनमा बिद्युतिय र हाईब्रिड एसयुभी उत्पादन गर्दै आएको छ । यस ब्रान्डले पछिल्लो समय विश्वका अधिकांश देशमा आफ्नो उपस्थिती जनाइसकेको छ । नेपालमा यस ब्रान्डको प्रिमियम एसयुभी उपलब्ध हुने अनुमान गरिएको छ ।
बिद्युतिय कार नेटालाई नेपाल भित्र्याएर अटो व्यवसायमा प्रवेश गरेको सिजी मोटर्सले एकपछि अर्को नयाँ ब्रान्डका ईभी ल्याइरहेको छ । कम्पनीले हाल नेटा सहित एक्सपेङ, स्मार्ट, अवतार, एवोन र दायुन ब्रान्डका बिद्युतिय कार बिक्री गर्दै आएको छ ।
FACEBOOK COMMENTS