काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा साढे ५ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन्।
भन्सार विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म विद्युतीय कार र बस गरी ५ हजार ५४६ वटा भित्रिएका हुन् ।
नेपाल भित्रिनेमा सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका गाडी छन् । बीवाइडीको अट्टो ३, टाटाको नेक्सन, सेसेर ३ लगायतको मोडल यो वर्गमा पर्छन् । दोस्रोमा ५० किलोवाटसम्मका विद्युतीय कार २ हजार ५६ वटा भित्रिएका छन्। १०० किलोवाटदेखि २०० किलोवाटसम्मका कार भने ६८ वटा मात्रै भित्रिएका छन् ।
२५ सिटमाथिका ११ वटा विद्युतीय बस भित्रिएका छन् । १५ देखि २५ सिटसम्मका ६७ वटा र ११ देखि १४ सिटसम्मका १८९ वटा विद्युतीय गाडी भित्रिएको भन्सार विभागले जनाएको छ ।
कुल १३ अर्ब ९७ करोड रुपैयाँका विद्युतीय बस आयात भएका छन् । यसमध्ये विद्युतीय बस ८५ करोड रुपैयाँका मात्रै आयात भएका छन् ।
FACEBOOK COMMENTS