काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा ९ अर्ब ८५ करोड ९३ लाख ३६ हजार रुपैयाँको विद्यूतीय सवारी साधान (ईभी) आयात भएको छ ।
भन्सार विभागका अनुसार पाँच महिनामा १२ हजार ४८९ वटा गाडी आयात भएका छन् । उक्त गाडी आयात हुँदा राज्यले ५ अर्ब ८७ करोड ८४ लाख १६ हजार रुपैयाँ राजस्व पाएको छ ।
५ महिनाको अवधिमा एसेम्बल ईभी ३८ सय वटा आयात भएका छन् । जसको रकम ८ अर्ब ९५ करोड ७५ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
मंसिरसम्म ५० किलोवाटका १२ सय १ वटा, ५१ देखि १०० किलोवाटका २१ सय ६४ वटा, १०१ देखि २०० किलोवाटसम्मको ४१४ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको ५ वटा ईभी गाडी आयात भएका छन् ।
भन्सारको तथ्याङक अनुसार ५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । तीन पाङ्ग्रे ईभी पनि उच्च दरमा भित्री रहेको पाइन्छ । मंसिर महिनासम्म मात्रै ३९ करोड ४४ लाख लाख २२ हजार रुपैयाँको ३८ सय २२ वटा तीन पाङ्ग्रे ईभी आयात भएका छन् ।

FACEBOOK COMMENTS