काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) २० प्रतिशतले कर बढाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कर बढाएको हो ।
सरकारले ५० किलोवाटसम्मको ईभीमा भन्सार दर ५ प्रतिशत थपेर १५ प्रतिशत पुर्याएको छ । यता अन्तशुल्क ५ प्रतिशले बढाइएको छ ।
५१ देखि १०० किलोवाटसम्मा ५ प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क बढाएको छ । यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त शुल्क थियो ।
१०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क लगाएको छ । यसअघि भन्सार महसुल २० प्रतिशत र अन्तशुल्क २० प्रतिशत रहेको थियो । २०१ देखि ३०० किलोवाटको २० प्रतिशत भन्सार बढाएको छ । १० प्रतिशत अन्त शुल्क घटेको छ ।
३०० भन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । यसमा १० प्रतिशत अन्त शुल्क घटेको छ ।
सरकारले पेट्रोलियम पदार्थमा हरित कर लगाइएको छ । बिटुमिन कोइलालगायत वस्तुमा प्रतिकिलो ५० पैसा र डिजेल तथा पेट्रोलमा प्रतिकिलो एक रुपैयाँ बराबर हरित कर लगाइएको छ ।
FACEBOOK COMMENTS