काठमाडौं । एभरेष्ट बैंकले महोत्तरीको बर्दिवास नगरपालिका–१ मा आफ्नो १३३औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै मधेस प्रदेशमा बैंकको शाखा सङ्ख्या १५ पुगेको छ ।
असार १९ गते बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका थिए । यससँगै महोत्तरीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ ।
उद्घाटन समारोहमा बर्दिवास नगरपालिका–१ का वडा अध्यक्ष भोला खड्का, बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्का, बैंकका मधेस प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका अन्य कर्मचारीहरूलगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति थियो ।
बर्दिवासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब उक्त क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
भारतको पञ्जाब नेशनल बैंकसँगको संयुक्त साझेदारीमा स्थापित एभरेष्ट बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक आबद्ध छन् । बैंकका देशैभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६८ एटीएम छन् ।
विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व सङ्कलनका लागि ३२ वटा सङ्कलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS