काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सुन्दरबस्ती भङ्गालमा आफ्नो ११९ औं शाखा उद्घाटन गरेको छ ।
बैंकले मंगलबार उक्त शाखाको उद्घाटन गरेको हो । बुढानिलकण्ठ नगरपालिका वडा नं। ८ का अध्यक्ष सुमन तामाङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरे ।
बैंकले आफ्नो ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटिएमसहित मोबाइल र इन्टरनेट र एसएमएस बैकिंङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
FACEBOOK COMMENTS