काठमाडौं । एभरेष्ट बैंकले ब्याजदर भटाएको छ ।
असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याज दिने जनाएको छ ।
भदौमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत रहेको थियो ।
बैंकले साधारण बचत खातामा ३.०५ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
FACEBOOK COMMENTS