काठमाडौं । एभरेष्ट बैंकले ६.५२ प्रतिशतमै घर र सवारी कर्जा उपलब्ध गराउने भएको छ । उक्त बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ योजना सार्वजनिक गर्दै दुवै कर्जा सरल र सस्तो ब्याजदरमा उपलब्ध गराउन लागेको हो ।
चाडपर्व लक्षित योजना सार्वजनिक गर्दै बैंकले छिटो ऋण प्रक्रिया र सरल कागजी प्रक्रिया, ३५ वर्षसम्मको लचिलो ऋण अवधि, सरल मासिक किस्ता, सेवा शुल्कमा आकर्षक छुट दिएको छ ।
उक्त बैंकले परिवर्तित ब्याजदरमा आधारदर (बेसरेट) मा १.२५ प्रतिशत प्रिमियम जोडेर ६.५२ प्रतिशतमै सवारी र घर कर्जा उपलब्ध गराउने छ । हाल बैंकको बेसरेट ५.२७ प्रतिशत रहेको छ ।
बैंकले यी कर्जाका लागि सेवा शुल्कमा समेत ०.२५ प्रतिशत छुटको व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार वाणिज्य बैंकहरुले ०.७५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउँछन् । बैंकको विशेष योजनामा परेको सवारी कर्जा र घर कर्जामा ग्राहकले ०.५० प्रतिशतमात्रै सेवा शुल्क तिर्नुपर्छ ।
यस्तै, बैंकले ‘डबल कि वान ड्रिम हाउसिङ एन्ड भेहिकल लोन’ योजनामा स्थिर ब्याजदरमा ७.४९ प्रतिशतमा घर कर्जा ७ वर्षसम्मका लागि उपलब्ध गराउँछ । यो कर्जा पुनः ब्याजदर मूल्यांकन गर्दै ३५ वर्षसम्मको लागि उपलब्ध गराइने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS