काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीहरुका लागि बम्पर लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा छ ।
बैंकले गत आवको नाफाबाट सेयरधनीलाई बोनस सेयर ६ प्रतिशत र करसहित १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले सेयरधनीलाई दिन घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधीले पाउनेछन् ।
FACEBOOK COMMENTS