काठमाडाैं । एभरेष्ट बैंकले वार्षिक साधारणसभाले प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । पुस १ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १०.३२ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।
यससँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४।३२ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।
बोनस शेयर वितरण भए पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ हुनेछ ।
यस्तै बैंकको साधारणसभाले आ।व २०७८र७९ को लागि सुन्दर एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।
FACEBOOK COMMENTS