काठमाडाैं । आईएसओ प्रमाणित कम्पनी एभरेष्ट कलरले साधारण शेयर (आईपीओ) निष्कासनको प्रक्रिया सुरू गरेको छ ।
कम्पनीले निकट भविष्य निष्कासन गर्ने सात लाख ९० हजार कित्ता आईपीओका लागि लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको छ ।
सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइँटेल र प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठले आज बुधबार हस्ताक्षर गरेका हुन् ।
एभरेष्ट कलर सहरी विकास तथा भवन निर्माण विभागको सूचीमा दर्ता भएको तथा नेपाल गुणस्तर चिह्न प्राप्ति उन्मुख रहेको कम्पनी हो ।
स्वदेशी युवाहरूको लगानीमा स्थापित कम्पनीले भौतिक संरचनामा गुणस्तरीय कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारी सृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्याई देशको सेवा गर्ने उद्देश्य लिएको छ ।
कम्पनीलाई केयर रेटिङ्स नेपालले डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।
FACEBOOK COMMENTS