काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको नयाँ बानेश्वर शाखाले सम्पूर्ण सेवा आफ्नै भवनबाट दिन थालेको छ ।
काठमाडौं महानगरपालिका-१०, नयाँ बानेश्वरस्थित एभरेष्ट बैंकको शाखा बुधबार एक समारोह आयोजना गरी साविक स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नवनिर्मित अत्याधुनिक सुविधासम्पन्न भवनमा सारिएको हो ।
समारोह उद्घाटन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरूलाई सरल, उत्कष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’ को सुरूआत गरेको छ ।
उक्त डिजिटल संसारमा बैंकिङ क्षेत्रको हालसम्मकै अत्याधुनिक प्रणाली जडित उपकरणमार्फत ग्राहकलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरूआतसँगै ग्राहकहरूले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथै सेवासम्बन्धी गुनासो डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था गरिएको छ ।
पञ्जाब नेसनल बैंक, भारतसँग संयुक्त साझेदार रहेको एभरेष्ट बैंकमा १४ लाखभन्दा बढी ग्राहकहरू आबद्ध छन् । यस बैंकले देशभरका १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरू, १६६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले नेपाल सरकारको राजस्व संकलनका लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ ।
FACEBOOK COMMENTS