काठमाडाैं । एभरेष्ट बैंकले इ-पैचो फोनलोन, इबिएल टच २४ एपका योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध तुरुन्त धितो-रहित ऋण उपलब्ध गराएको छ ।
योग्य एभरेष्ट बैंक खातावालाहरूले अब जमानत, कागजी कार्य, वा बैंक भ्रमण बिना तत्काल दुई लाखसम्म ऋण पाउने छन् ।
इ-पैचो फोनलोन विभिन्न समय फ्रेमहरूमा भुक्तानी गर्न सकिन्छ । यसमा एक महिनाभित्र वा ३, ६, ९ वा १२ महिनाको लागि किस्ताका आधारमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।
ऋणको पूर्व भुक्तानीको विकल्प पनि ग्राहकहरुको लागी उपलब्ध छ, जो आफ्नो ऋण चाँडै भुक्तान गर्न चाहन्छन् ।
इ-पैचो फोनलोनका लागि योग्य ग्राहकहरूले कुनै पनि फोनपे मर्चेन्टमा क्यूआर भुक्तानी प्रयोग गर्दा ‘Buy Now Pay Later” सेवाहरू पनि प्राप्त गर्न सक्छन् । यी सेवाहरूमा पहुँच प्राप्त गर्न ग्राहकहरूले प्रमाणित इमेल ठेगानाको साथ इ-पैचो फोनलोनमा दर्ता गर्नुपर्ने हुन्छ ।
इ-पैचो फोनलोनको लागि योग्यता विभिन्न मापदण्डहरूको आधारमा स्वचालित रूपमा निर्णय गर्ने बैंकले जनाएकाे छ । तलब खाता, नियमित कारोबार, बैंकसँग कुनै अन्य ऋण आदिलाइ ध्यानमा राखेर उक्त लाेन प्रदान गर्ने बैंकले जनाएकाे छ ।
इ-पैचो फोनेलोनका सबै सेवाहरू एक पटक दर्ता र इमेल प्रमाणीकरण गरेपछि प्राप्त गर्न सकिने छ । इ-पैचो फोनलोन इबिएल टच २४ एपबाट योग्य प्रयोगकर्ताहरूका लागि उपलब्ध छ ।
बैंकले ११९ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरु, १५५ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS