काठमाडौं । नेपालको इतिहासमै पहिलो नाडा ईभी एक्स्पो शुरु भएको छ । बिहिबार काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो शुरु भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले पहिलो नाडा ईभी एक्स्पोको शुभारम्भ गरेका छन ।
‘नेपालमा पहिलो पटक भृकुटी मण्डपमा शुरुवात भएको छ,’ नाडा अध्यक्ष धुब्र थापाले भने,‘नेपालमा विद्युतीय सवारी साधनकोे अपरिहार्यतालाई महशुस गर्दै नाडा ईभी एक्स्पो शुभारम्भ भएको हो ।’
सावरी साधनको महत्व बढ्दै गएको बताउँदै अध्यक्ष थापाले प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा सहयोग पुग्ने बताए । वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत कम गर्ने भएकाले ग्रिन नेपालको अवधारणा साकार हुने नाडाको ठहर छ ।
नाडाले १९९८ देखी नै नाडा अटो शो गर्दै आएको छ । नाडा ईभी एक्स्पो पहिलो पटक हुन लागेको छ । नाडा ई भी एक्स्पोका सभापति अनुप बरालले एक्स्पोमा ५१ वटा स्टल रहेको जानकारी दिए । उनका अनुसार नाडा ई भि एक्स्पोमा ९ वटा ४ पाग्रे र १ वटा ३ पाग्रे रहेका छन । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन ।
गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, नेटा, बीवाईडी, चांगन, ज्यागका चारपांग्रे विद्युतीय गाडीको सहभागिता रहेको छ। अग्नी ग्रुपले ३ पांग्रे टेरो ब्रान्ड सहभागिता हुनेछ । दुई पांग्रे ब्रान्ड रहेका छन । जसमा लेभ्निङ, एनआईयु, यडिया, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान, जोय, सेगवे, आईमा, टेलजी, पियोर, लेक्ट्रो, रेमोटर्स लगायतका ब्रान्डको उपस्थिती रहेको छ ।
सिएट द्वारा प्रायोजित नाडा सवारी साधन, पार्ट पूर्जा, वित्तिय सेवा उपलब्ध रहेका छन । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।
नाडाले १० प्रतिशत बजार हिस्सा ओगटी सकेको छ । अबको ५/६ वर्षमा ५० प्रतिशत बढी हिस्सा हुने आंकलन गरिएको छ ।
FACEBOOK COMMENTS