काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिको व्यवस्थापन र समस्याको समाधान देश भित्रैबाट हुनुपर्ने बताएका छन् ।
पूर्वराजा शाहले आफ्नो संवाद सचिवालयमार्फत विज्ञप्ति जारी गरी उत्पन्न परिस्थिति र समस्याको समाधान देशभित्रैबाट खोजन आग्रह गरेका हुन् ।
उनले नयाँ युवा पुस्ता (जेनजी) हरूको जायज मागलाई सम्बोधन नगरी व्यक्तिको ज्यान लिनु दुखद् एवम् निन्दनीय कार्य भएको पनि बताएका छन् ।
हेर्नुहोस् विज्ञप्ति :
FACEBOOK COMMENTS