भक्तपुर । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेपछि ग्रेडवृद्धि परीक्षा बारे जानकारी दिएको हो ।
बोर्डले दुई विषयसम्म ननग्रेड हुने विद्यार्थी ग्रेडवृद्धिको परीक्षामा सहभागी हुन पाउने जनाएको छ । सैद्धान्तिकतर्फ अन्य सबै विषयमा ुडीु वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित परीक्षार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।
यस बर्ष ३८।८३ प्रतिशत विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार यस पटक ६१।१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
FACEBOOK COMMENTS