![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीको एसईईको नतिजामा सुधार आएको छ ।
२०८० सालको एसईई परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ५४५ जना १३.७७ प्रतिशत विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । गएको बर्ष १५० जना (३.८३%) विद्यार्थीले यो नतिजा प्राप्त गरेका थिए । यसरी हेर्दा गएको बर्षभन्दा यसमा बर्ष २५९ प्रतिशतले सुधार आएको छ ।
५८ वटा सामुदायिक विद्यालयबाट यस बर्ष ३ हजार ९५९ जना विद्यार्थीले परीक्षाका लागि आवेदन दिएका थिए । कुल परीक्षार्थीमध्ये ३ हजार ८६ जना (७८%) उत्तीर्ण भएका छन् । ८७३ जना (२२%) ले पुनः परीक्षा दिनुपर्ने भएको छ ।
FACEBOOK COMMENTS