काठमाडौं । बजार खुलेको २ घन्टामै बुधवार शेयर बजार ६४ अंकभन्दा माथि उक्लिएको छ । दिउँसो १ बजेसम्ममा शेयर बजार मापक नेप्से परिसूचक ६४.९२ अंकले बढ्दै २६७७.५५ विन्दुमा उक्लिएको छ । यस दिन सेन्सेटिभ परिसूचक ११।२१ अंकले बढ्दै ५०३।२२ विन्दुमा पुगेको छ ।
यस समयमा कुल २ सय २१ कम्पनीको ३५ लाख ३ हजार कित्ता शेयर २ अर्ब १८ करोड ३८ लाख ८४ हजार रुपैयाँ बराबरमा किनबेच भइरहेको छ । यस समयमा सबै समूहको सूचकहरू वृद्धि भइरहेको छ । जसमध्ये सबैभन्दा बढी फाइनान्सको ६।३२ प्रतिशत र माइक्रोफाइनान्सको ५।७७ प्रतिशतले बढेको छ ।
यस समयमा विभिन्न ५ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको छ ।
यस्तै विभिन्न ६ कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS