काठमाडौं । नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण राजधानीको भृकुटीमण्डपमा जारी छ ।
प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका मुलुकका काठजन्य सामग्री उत्पादन गर्ने एक सयभन्दा बढी कम्पनीका विभिन्न ब्रान्डहरू प्रदर्शनीमा राखिएको छ ।
विदेशमा प्रयोग भएका प्रविधि नेपाल भित्र्याउने, उद्योग व्यवस्थापन गर्ने र नेपालका कच्चापदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तुको विदेशमा निर्यात गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ ।
जारी प्रदर्शनीमा प्लाइउड, घर, होटल, रेस्टुरेन्ट र महलका ढोका, झ्याल, भर्याङ तथा अन्य फर्निचर लगायत सजावटका सामग्री राखिएको छ ।
FACEBOOK COMMENTS