काठमाडौं । विषय विज्ञविना पनि आठ वर्षदेखि कफी अनुसन्धान कार्यक्रम सन्चालनमा भइरहेकाे छ भनेकाे सुन्दा अचम्म लाग्न सक्छ । तर, गुल्मी यस्तै भइरहेकाे छ । दरबन्दीअनुसारको विज्ञ नहुुँदा कार्यालय नै सन्तुष्ट छैन् । कार्यालयबाट सेवा लिन आउने सन्तुष्ट हाेलान भनेर कसरी विश्वास गर्ने ?
केही समयअघि जिल्ला स्तरीय प्रगती समीक्षामा कफी अनुसन्धान कार्यक्रमका प्रमुख जितनारायण चौधरीले कफी अनुशन्धान कार्यक्रम बारे फेरेस्त सुनाए । तर, अन्तिममा दरबन्दीअनुसार विज्ञ नभएकाले विज्ञ उपलब्ध गराइदिन माग गरे । कार्यक्रममा मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी झोक्किएर कार्यालय प्रमुखलाई उल्टै प्रश्न गरे । ‘तपाईको केन्द्रीय कार्यालयलाई कर्मचारी नभएको थाहा छ की छैन ?’
रुरु क्षेत्र गाउँपालिका-४ को भण्डारी डाँडामा ०७१ सालदेखि कफी अनुसन्धान कार्यक्रम स्थापना संचालन भएको हाे । जग्गा, भौतिक पुर्वाधार, कर्मचारीसँगै अनुसन्धानका लागि अहिलेसम्म करोडौं खर्च भइसकेकाे छ । कार्यक्रम सुरु भएकाे दशक पुग्न थाले पनि किसानहरूले भने थाहा पाएका छैनन् । आठ बर्षमा १० जातका बिउबाट सुरु गरेको अनुसन्धानलाई ४२ जातमा पुर्याइएको छ । कफीको बोट, फल, बिउ, माटो, बिरुवा, उत्पादनदेखि गुणस्तरसम्म सबै परीक्षण गरिने केन्द्रका वरिष्ठ वैज्ञानिक जितनारायण चौधरीले जानकारी दिए ।
सेतो गवारोबाट बिचलित किसानले अनुसन्धानबाट केही निकास पाउन सकेका छैनन् । कफी अनुसन्धान कार्यक्रमको लागि ६ जनाको दरबन्दी छ । जसमा बागबानी, किट, माटोलगायत पर्छन् । अहिले कार्यालय प्रमुख चौधरीबाहेक वैज्ञानिक छैनन् । कार्यालयको प्रशासनीक अधिकृत र लेखा अधिकृतसहित अरु पद पनि रिक्त रहेको चौधरीले बताए । ‘विज्ञकै कारण सोचअनुसारको काम भएको छैन । म एक्लैले के गरौँ,’ उनले भने, ‘विज्ञ र प्राविधिकविना अनुसन्धानको के अर्थ ?’
जनशत्ति मात्रै होइन् यहाँ माटो परीक्षण गर्ने प्रयोगशाला छैन् । बर्षातमा कार्यक्रम स्थलसम्म पुग्नै सकिँदैन् । सडक राम्रो नभएका कारण कफीको अध्ययन, अनुसन्धान र अवलोकन गर्न आउनेहरूले समेत दु:ख पाएको चौधरीले बताए । सेतो गवारो नियन्त्रण नहुँदा निराश बनेका जिल्लाका कफी किसानले कार्यक्रमबाट राहतको आशा गरेका थिए । तर, कार्यक्रम प्रभावकारी नहुँदा सोचे अनुसारको उपलब्धि भएकाे छैन ।
नेपालमा गुल्मी कफीको जननी जिल्ला हो । ८० वर्ष पहिलेदेखि यहाँ कफी उत्पादन हुँदै आएकाे छ । यहाँकाे तत्आँकालिन पचौर गाविसका स्थानीय हिरा गिरीले बर्माबाट कफीको बिरुवा ल्याएर रोपेका थिए । आँपचौरमा कफी निकै राम्रो हुँदै गयो । त्यो बेला कफी बगैचा तत्कालिन राजा वीरेन्द्रलेसमेत अवलोलन गरेका थिए । तर, कफीमा देखिएको सेतो गवारो र सिंधुरे रोगको कारण किसान आजित थिए । कैंयौँले कफी फाँडेर अन्य खेति गर्न थालेका थिए ।
०७१ सालमा सरकारले गुल्मीमा कफी अनुसन्धान कार्यक्रम सुरु गरेपछि किसानहरूमा उर्जा पलाएको थियो । तर, देशमै एक मात्रै कार्यक्रम प्रभावित भएपछि दु:ख लागेको किसान बेदबहादुर ज्ञवालीले गुनासो गरे । उनले कार्यक्रमबाटै राज्यको कृषिप्रतिको सोच छर्लङ्ग हुने प्रतिक्रिया दिए । ‘देशकै कार्यक्रमलाई गवारो लाग्यो । किसानका कफीको समस्या कसले हेर्ने,’उनले भने,‘आखिर मर्ने किसान हो ।’
FACEBOOK COMMENTS