काठमाडौँ । शिक्षा मन्त्री महाबिर पुन अपर्झटमा किताब बेचिरहेको मान्छेलाई मन्त्री बनाएकोले के गर्नुहुन्छ भनेर नसोध्न आग्रह गरेका छन् ।
मन्त्रीको शपथ लिएपछि प्रतिक्रिया दिदै आफु अपर्झट मन्त्री बनेकोले विज्ञसँग छलफल गरेर कार्यक्रम बनाउने बताउदै किताब बेचिरहेको मान्छेलाई मन्त्री बनाएकोले के गर्नुहुन्छ भनेर नसोध्न आग्रह गरेका हुन् ।
उनले भने– अब म विज्ञहरुको सुझाव लिन्छु । राम्रा मान्छेको राम्रो सुझाव लिएर त्यसलाई कार्यान्वयन गर्छु ।
मेरो प्राथमिकतामा विज्ञान, प्रविधि र नवप्रवर्तन नै हो तर शिक्षा मन्त्रालय पनि भएकाले शिक्षामा के के गर्छु म विज्ञको सल्लाह गरेर भन्छु ।
मलाई सेवा सुबिधा केहि चाहिन्न, मन्त्रालयमै बसेर काम गर्छु ।’
FACEBOOK COMMENTS