काठमाडौं । भन्सार विभागका अनुसार गत वर्ष २८.६६ प्रतिशतले बढेको छ भने एक वर्षमा निर्यात ४४.४३ प्रतिशतले बढेको छ । एक वर्षको अवधिमा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिमा ११ खर्ब ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँ रहेको थियो । विभागका अनुसार एक वर्षको अवधिमा निर्यात ४४.४३ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा ९७ अर्ब ७० करोड ९१ लाख ५ हजार रुपैयाँको निर्यात भएको थियो । गत आवमा व्यापार घाटा २७.२६ प्रतिशतले बढेर १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा वैदेशिक ब्यापारघाटा १० खर्ब ९९ अर्ब ८ करोड ९९ लाख ४८ हजार रुपैयाँ रहेको थियो । विभागका अनुसार यो अवधिमा वैदेशिक व्यापार २९.८५ प्रतिशतले बढेर १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख ४८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १२ खर्ब ९४ अर्ब ५० करोड ८१ लाख ५८ हजार रुपैयाँ रहेको थियो । विभागका अनुसार आयात निर्यात रेसियो १०.९२ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS