कटठमाडौं , नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले एक्स्पल्स राइडर क्लबको हालै सम्पन्न साधारण सभाद्वारा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई एक कार्यक्रमका बीच बधाई तथा सुभकामना दिएको छ ।
संघको कार्यालय सातदोबाटो, ललितपुरमा सम्पन्न सो कार्यक्रममा संघका अध्यक्ष दसरथ रिसालले बधाइ दिँदै नासा नेपाल क्लबहरुको विकासमा सदैव सहयोगी बन्ने बताए । त्यस्तै कार्यकारी निर्देशक गोविन्द भट्टराईले क्लबको प्रगति रिपोर्ट र आगामी कार्ययोजनाको आधारमा संघले तत्कालीन र दीर्घकालीन सहयोग गर्न सकिने बताए ।
नव निर्वाचित अध्यक्ष सुवर्ण श्रेष्ठले क्लबको योजना र नासा नेपालको गरिएको अपेक्षाको बारेमा आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रममा नासा नेपालका स्पोर्ट एण्ड इभेन्ट अफिसर अंकित भण्डारीले संघको क्यालेण्डरमा क्लबको सहभागिता बारेमा तथा क्लबका उपाध्यक्ष पुरुषोत्तम राई र महासचिव सन्जिब राम श्रेष्ठले क्लबको बिधान, उद्देश्य र नाम परिवर्तन लगायतमा आफ्नो धारणा राराखेका थिए ।
गत चार वर्ष अघि स्थापित नेपालको मोटोक्लबको रुपमा स्थापित सो राइडर्स क्लबको साधरण सभा तथा निर्वाचन गत हप्ता काठमाडौमा सम्पन भएको थियो ।मोटो टुरिङमा नेपालभरि र पर्यटकिय क्षेत्रमा लोकप्रिय उक्त क्लबका संस्थापक अध्यक्ष कुन्दन श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले सुवर्ण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिति चयन गरेको हो ।
क्लब को उपाध्यक्ष्यमा पुरुषोत्तम राई, महासचिव सन्जिब राम श्रेष्ठ, र कोषाध्यक्षमा सनोज महर्जनलाई चयन गरिएको थियो । त्यसै गरी क्लवका सदस्यहरुमा मनोज थापा,हरी श्रेष्ठ, श्याम कृष्ण बलामी, सरोज महर्जन र दुर्गा श्रेष्ठ निर्विरोध चयन भएका थिए । त्यसै सल्लाहाकारमा किरण बज्रचार्य, कमला गिरी, एक नारायण महर्जन, हरि आचार्य, अनिश बुढाथाकी र युवराज पन्थीलाई मनोनयन गरिएको थियो ।

काठमाडौ कार्यक्षेत्र रहने गरी बागमति प्रदेश खेलकुद विकास परिषदमा दर्ता भएको सो क्लबले मोटरसाइकल क्षेत्रमा रेशिङ, र्याली र टुरिङका विभिन्न तहका कम्तीमा आधा दर्जन कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ ।

FACEBOOK COMMENTS