काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को अवसर पारेर क्रिकेटको जोश र समर्थकहरूको भावनालाई सांगीतिक ऊर्जा दिन ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ ।
युनिक पोएट (उत्साह जोशी) को शब्द तथा स्वर, ब्लुस (सुरज शाही) को सङ्गीत र ‘एनएफटीपी’ टिमको निर्माणमा तयार भएको यो एन्थम युवा पुस्ता र क्रिकेटप्रेमीलाई लक्षित गरिएको छ ।
एनपीएलमा एक्स्ट्रिमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग ‘मुख्य प्रायोजक’ तथा पोखरा एभेन्जर्ससँग ‘जर्सी प्रायोजक’को रूपमा साझेदारी गरेको छ ।
यो एन्थम एक्स्ट्रिम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब र टिकटकमा हेर्न तथा सुन्न सकिन्छ ।