काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ।
भदौ ३१ देखि असोज ३ गतेसम्म काठमाडौँस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ। एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनल्सले नेपालमा गेमिङ तथा ई–स्पोट्र्सप्रति बढ्दो आकर्षणलाई थप उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिताका क्रममा दर्शक तथा सहभागीका लागि एक्सट्रिम इनर्जी ड्रिंक एक्स्पेरियन्स जोन समेत सञ्चालन गरिनेछ। उक्त क्षेत्रमा विभिन्न मनोरञ्जनात्मक खेल, चुनौतीपूर्ण गतिविधि, प्रतियोगिता, फोटो खिच्ने अवसर तथा तत्काल उपहार वितरणजस्ता कार्यक्रम सञ्चालन हुनेछन्।
प्रतियोगिता अवधिभर एक्सट्रिम फन एन्ड एक्स्पेरियन्स जोन, वाच पार्टी जोन, एक्सट्रिम गेमिङ च्यालेन्ज तथा एक्सट्रिम फोटो एन्ड कन्टेन्ट जोन सञ्चालन हुने आयोजकले जनाएको छ। यी गतिविधिले प्रतियोगितामा सहभागी तथा दर्शकलाई थप मनोरञ्जन र रोमाञ्चक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत पीएमजीओ साउथ एसिया फाइनल्सले गेमिङ प्रतिस्पर्धासँगै दर्शकका लागि मनोरञ्जन, सहभागिता र नयाँ अनुभवको अवसरसमेत प्रदान गर्नेछ। चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताले नेपालमा ई–स्पोट्र्स तथा गेमिङ संस्कृतिको प्रवद्र्धनमा थप योगदान पुर्याउने विश्वास आयोजकले गरेको छ।