काठमाडौं । क्रिकेट प्रेमी नेपाली दर्शकहरूका लागि उत्साहजनक खबर छ ।
आईसीसी मेन्स टी–२० विश्वकपक्रिकेटका सम्पूर्ण खेलहरू यसपटक एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रसारण मुख्य प्रायोजनमा कान्तिपुर म्याक्स टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ ।
विश्वकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारणसँग जोडिँदै खेल, जोश र ऊर्जाको प्रतिनिधि ब्रान्डएक्सट्रिम इनर्जी ड्रिंक्स नेपाली क्रिकेट प्रेमीहरूसँग थप नजिकिएको छ ।
यससम्बन्धी प्रायोजन सम्झौताआज आयोजित एक कार्यक्रममा कान्तिपुर म्याक्स र एक्सट्रिम इनर्जी ड्रिंक्सबीच सम्पन्न भएको छ ।सम्झौतामा कान्तिपुर म्याक्सका बिजनेस हेड सागर केसी र एक्सट्रिम इनर्जी ड्रिंक्सका सेल्स हेडपवनकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
नेपाली टेलिभिजन च्यानलमार्फत पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेट प्रत्यक्ष प्रसारण हुनलागेको हो । कान्तिपुर म्याक्सले विश्वकपका सम्पूर्ण ५५ खेल प्रत्यक्ष प्रसारण गर्नेछ । खेलहरू कान्तिपुरम्याक्समा अंग्रेजी कमेन्ट्री र कान्तिपुर म्याक्स–२ मा नेपाली कमेन्ट्रीसहित प्रसारण हुनेछ ।

विश्वकपका खेल हुने दिनहरूमा एक्सट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा प्रि–म्याच तथा पोस्ट–म्याच विशेषकार्यक्रमहरू सञ्चालन गर्ने छ । कार्यक्रमहरूमा क्रिकेट विज्ञहरूसँग खेलको गहिरो विश्लेषण, समीक्षार छलफल प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई खेलको रोमाञ्च अझ नजिकबाट अनुभूति गराउने अपेक्षागरिएको छ ।



यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले विभिन्न सोसल मिडिया तथा उपभोक्ता–केन्द्रित क्याम्पेनहरूसञ्चालन गर्दै ४० जना भाग्यशाली क्रिकेट प्रेमीलाई मुम्बईमा आईसीसी टी–२० विश्वकपका खेलहरूस्टेडियममै गएर प्रत्यक्ष अवलोकन गर्ने आकर्षक प्याकेज प्रदान गरेको छ ।

उक्त प्याकेजअन्तर्गतविजेताहरूले खेलाडीहरूलाई प्रत्यक्ष रूपमा हौसला प्रदान गर्ने अवसर समेत पाएका छन्, जसले नेपालीक्रिकेट प्रेमीहरूको सहभागिता र उत्साहलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने अपेक्षा कम्पनीको रहेकोछ।

खेलकुद र युवाको ऊर्जालाई निरन्तर साथ दिँदै आएको एक्सट्रिम इनर्जी ड्रिंक्सले विश्वकप प्रसारणमार्फत नेपाली क्रिकेट प्रेमीहरूसँग अझ बलियो सम्बन्ध स्थापित हुने विश्वास लिएको छ ।
“खेल, जोश र ऊर्जाकोसंगम” भन्ने ब्रान्ड भावनाअनुसार यस्ता अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमसँग सहकार्य गर्नु गर्वको विषयभएको एक्सट्रिम इनर्जी ड्रिंक्सले जनाएको छ ।
हाल एक्सट्रिम इनर्जी ड्रिंक्स र कान्तिपुर म्याक्सको सहकार्यमा पोखरामा भइरहेको टाइगर कप भलिबल प्रतियोगीता प्रत्यक्ष प्रसारण भइरहेको छ भनेकाठमाडौंमा सम्पन्न महिला टी–२० विश्वकप ग्लोबल छनोट,तथा नेपाल प्रिमियर लिग क्रिकेटलगायत विभिन्न खेलकुद प्रतियोगिताहरू प्रत्यक्ष प्रसारण भइसकेकोछ।
नेपाली टेलिभिजनमार्फत पहिलो पटक प्रत्यक्ष प्रसारण हुन गइरहेको आईसीसी मेन्स टी–२० विश्वकपक्रिकेटसँगै, एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली खेलप्रेमीहरूको जोश, उत्साह र ऊर्जालाई अझ नयाँ उचाइमापुर्याउने विश्वास लिएको छ ।
FACEBOOK COMMENTS