गोलबजार । सिरहाको लहानमा आँखाको मोतिविन्दुको शल्यक्रिया निस्शुल्क गरिने भएको छ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच उक्त सम्झौता भएको हो ।
उक्र सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरे । एक हजार लहानवासीको मोतिविन्दुको शल्यक्रिया निस्शुल्क गर्ने लक्ष्य रहेको नगरप्रमुख चौधरीले बताए ।
सम्झौताअनुसार नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडा वडामा निस्शुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ । लहान नगरपालिकाले गत वर्ष पनि एक हजार जनाको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखाको उपचार गरिएको नगरपालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS