असोज १९ , काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालमा आएको वाधाका लागि माफी मागेका छन् ।
फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा हिजो सोमवार झन्डै ६ घण्टाका लागि रोकिएको थियो जसका कारण विश्वभरका साढे ३ अर्बभन्दा धेरै मानिस प्रभावित भएका थिए ।
मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण चार वटै प्लेटफर्मको सेवा रोकिएपछि खेद व्यक्त गरेका छन् ।
सोमवार राति झन्डै साढे ९ बजे यी सेवा प्रभावित भएको थियो र आइतवार बिहान साढे ३ बजेतिर फेरि सुरु भएको थियो ।
केही घण्टाका लागि प्रयोगकर्ताहरूले आफूलाई सामाजिक सञ्जालको माध्यमविना नै पाए । यसबीच आफ्नो ग्राहकसँग जोडिनका लागि सामाजिक सञ्जालको प्रयोग गर्ने साना व्यापारीले पनि नोक्सान बेहोर्नुपर्यो ।
यहाँसम्म कि मार्क जुकरबर्गले पनि नोक्सान बेहोर्नुपर्यो ।
बिजनेस वेबसाइट फर्च्युन्स ट्र्याकिङ सफ्टवेयरका अनुसार एक समय फेसबुकको शेयर तीव्र गतिमा ओरालो लाग्दा उनलाई ६ अर्ब अमेरिकी डलरको घाटा भयो ।
यस किसिमको अवरोधको जानकारी राख्ने वेबसाइट डाउनडिटेक्टरले फेसबुकलगायत सामाजिक सञ्जालमा अवरोध आउँदा केही घण्टामै विश्वभरका एक करोड ६ लाख उजुरी आएको थियो, यो अहिलेसम्मकै सबैभन्दा धेरै उजुरी हो ।
FACEBOOK COMMENTS