काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु केन्द्रीय कमिटीको आदेशमा मात्र पद छोड्ने बताएका छन् ।
आजदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले आफु फेसबुकको आदेशमा पद नछोड्ने बताउदै केन्द्रीय कमिटीको आदेश मान्ने स्पष्ट गरेका छन् ।
पार्टीमा अध्यक्षले छोड्नु पर्छ भन्ने लहड चलेको बताउदै भने– ’मैले छोड्ने की नछोड्ने भन्ने फेसबुकले भन्ने होइन यो कमिटीले भन्नुपर्छ ।
यो कमिटीले हट्न पर्छ भनेका बेला एकदम खुशी साथ, अध्यारो मुख लगाउन घर जले पनि जानेको छैन, केहि भए पनि जानेको छैन ।
मारिने अवस्था हुदा पनि अध्यारो मुख लगाउन जानेको छैन । फेरी पनि कमरेडहरुको आदेशमा, यो आदेश दिने ठाउ हो, यसको आदेशमा जुसुकै कुरा गर्न पनि तयार छु ।’
ओलीले यस कमिटीमा बसेर बाहिर गएर लोकप्रियवादको पछि लागेर नहिड्न नेताहरुलाई चेतावनी समेत दिए ।
उनले केन्द्रीय कमिटी र महाधिवेशनले नै नेतृत्वको टुंगो लगाउने स्पष्ट गर्दै तत्काल नेतृत्व नछोड्ने बताएका छन् ।
FACEBOOK COMMENTS