काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालन गरेको छ ।
धनगढीको चौडामा आज एक कार्यक्रमकाबीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज कुँवरले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
महराले सुदुरपश्चिममा शाखा विस्तार गरेसँगै पश्चिम हुँदै पुर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्न थालेपछी फेसियल हाउसको अन्य शाखा विस्तार गर्न लागेको बताएकी छन् ।
सो कार्यक्रमका प्रमुख अतिथि रहेका कुँवरले आफ्नो मन्तव्य राख्दै भने आर्थिक मन्दीको यस्तो अवस्था रहेको बेलामा र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा यस ठाउँमा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यबाद दिएका छन् ।
काठमाडौंको काठमाडौं मल, चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट गुणस्तरीय सेवा दिदैँ आएको फेसियल हाउसले अव भने धनगढीबाट पनि सेवा प्रदान गर्ने छ ।
धनगढीमा सञ्चालनमा ल्याइएको फेसियल हाउसको नेतृत्व भने सविता ऐयरले गर्नेछिन् । धनगढीका मानिसहरुले गुणस्तरीय सेवा खोज्न थालेपछ यस स्थानमा गुणस्तरीय सेवा प्रदान गराउने उदेश्यले फेसियल हाउसको शाखा खोलिएको बताएकी छन् । फेसियल हाउस नेपालकै उत्कृष्ट सैंलुन मध्ये नंम्वर १ मा पर्ने सैंलुन हो ।मुख्य शाखा सुन्धारा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने गर्दछन् ।
फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप , माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदैँ आएको छ ।
FACEBOOK COMMENTS