काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले ‘राष्ट्रिय उत्कृष्ट सेवा सम्मान, २०८२’ प्राप्त गरेको छ ।
काठमाडौंमा शनिबार तिलक फिल्म्स प्रालिले गणतन्त्र दिवस, २०८२ को अवसरमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे र विशिष्ट अतिथि पूर्वमन्त्री शेरबहादुर कुँवरले फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महरालाई उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।
काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय (सर्भिस सेन्टर) रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, नेपालगञ्ज र चितवनमा शाखासहित सेवा विस्तार गरेको छ भने थप दुई नयाँ शाखा विस्तारको अन्तिम तयारीमा छ ।
महिलाहरूलाई सीप सिकाउने तथा सीपअनुसारको रोजगारी दिने गर्दै आएको फेसियल हाउस स्वदेशमै केही गर्न सकिन्छ भन्ने कुराको ज्वलन्त उदहारण हो ।
सौन्दर्य पेसालाई राम्रो दृष्टिकोणले हेर्नुपर्छ भनेर पुराना सौन्दर्यविद्हरूले भनिरहँदा फेसियल हाउसले नेपालभर आफ्नो ब्राण्ड बनाएर शाखा विस्तार गर्दै गाउँठाउँका सेवाग्राहीलाई सहुलियत मूल्यमा सेवा प्रवाह गर्दै आएको छ ।
फेसियल हाउसमा सौन्दर्यकर्मका लागि विदेश जाने कोर्ससमेत पढाइ हुने भएकाले प्रशिक्षार्थीहरूको आकर्षण उच्च छ । फेसियल हाउसले अन्तर्राष्ट्रियस्तरको तालिमसमेत दिँदै आएको छ ।
FACEBOOK COMMENTS