इटहरी । नेपालको सौन्दर्य सेवा क्षेत्रमा प्रतिष्ठित संस्था ‘फेसियल हाउस’ ले पूर्वको प्रमख व्यापारिक केन्द्र सुनसरीको इटहरीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।
एक विशेष समारोहबीच इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीताकुमारी चौधरी, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुली र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरे ।
उद्घाटन समारोहमा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले पूर्वका सेवाग्राहीललाई सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले इटहरीमा संस्थाको नयाँ शाखा विस्तार गरिएको बताइन् ।
‘फेसियल हाउसले सात वर्षअघि झापाबाट सेवा आरम्भ गरेको थियो । यद्यपि, कोभिड महामारीका कारण केही समयका लागि सेवा रोकिएको थियो,’ महराले भनिन्, ‘अहिले हामीले पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी इटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएका छौं । सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो ।’
कार्यक्रममा इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पराजुलीले इटहरीलाई सौन्दर्य सेवाको हब बनाउन फेसियल हाउसले पुर्याउने योगदानको सराहना गर्दै संस्थालाई सफलताको शुभकामना दिए ।
इटहरी–६ का वडा अध्यक्ष दिवस पोख्रेलले फेसियल हाउसको सेवा र प्रभावबारे पहिलेदेखि जानकारी रहेको बताउँदै इटहरीमा शाखा विस्तार गरेकोमा धन्यवाद ज्ञापन गरे ।
इटहरीकी उपमेयर चौधरीले फेसियल हाउसले इटहरीमा शाखा विस्तार गरेर महिला सशक्तीकरणमा सहयोग गरेको भन्दै धन्यवाद दिइन् ।
‘राम्रो बन्ने चाहना सबैको हुन्छ । सौन्दर्य सेवा महिलाहरूको आत्मविश्वास र पहिचानसँग जोडिएको विषय हो । फेसियल हाउसले यहाँ शाखा विस्तार गरी महिला सशक्तीकरणमा सहयोग गरेकोमा धन्यवाद दिन चाहन्छु,’ चौधरीले भनिन्, ‘नगरपालिकाले पनि महिलाहरूलाई ब्युटिसियन तालिम प्रदान गर्दै आएको छ र यसलाई रोजगारीमा रूपान्तरण गर्नेजस्तो व्यवसायको उपस्थितिले थप उत्साह मिलेको छ ।’
फेसियल हाउसको इटहरी शाखाबाट ग्राहकहरूले हेयर केयर, स्किन केयर, स्किन टेस्ट, मेनिक्योर–पेडिक्योर, हाइड्रा फेसियल लगायतका अत्याधुनिक सौन्दर्य सेवाहरू लिन सक्नेछन् ।
संस्थाले निकट भविष्यमा कोशी प्रदशेका अन्य सहरहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ ।
FACEBOOK COMMENTS